काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने निर्णय गरेको हो ।
उक्त बैठकले आव २०८१/८२ सम्मको खुद मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभाश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणका प्रस्ताव पारित गरिनेछ ।
संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।