कालिका लघुवित्तको नायब सीईओमा ढकाल नियुक्त
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिवस ढकाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको भदौ २७ गते बसेको २७३औँ बैठकले ढकाललाई रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

