शुक्रबार, माघ १६,२०८२ 08:07:36
Bizshala
  • शुक्रबार, माघ १६,२०८२ 08:07:36
Bizshala
Global IME Bank Limited
Bizshala

कालिका लघुवित्तको नाफा १३४% ले बढ्यो, वितरणयोग्य मुनाफा र ईपीएस कति ?

कालिका लघुवित्तको नाफा १३४% ले बढ्यो, वितरणयोग्य मुनाफा र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । कालिका लघुवित्तले नाफा १३४.८८ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १ करोड ७९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि ४६.१० प्रतिशतले बढेर १७ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम ११ करोड ६९ लाख रुपैयाँ थियो । संस्थाले २ करोड ७८ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ । 

Bizshala
Garima Development Bank
New Office

संस्थाको खुद सञ्चालन आम्दानी ४१.७० प्रतिशतले वृद्धि भएर १९ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २०.२७ प्रतिशतले बढेर १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।  

४० करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ २७.६६ प्रतिशतले घटेर २ करोड ८४ लाख रुपैयाँ र रिजर्भ भने ५.९८ प्रतिशतले बढेर २६ करोड १९ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब ५१ करोड र कर्जा प्रवाह ४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म संस्थाले खराब कर्जा अनुपात घटाएको छ । अघिल्लो आवसम्म ४.८२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.६७ प्रतिशत कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २ करोड ६३ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १२.९३ रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७१.२४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४९.३७ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १६३.३१ रुपैयाँ र तरलता अनुपात ९.३६ प्रतिशत रहेको छ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.