आईतवार, असार १५,२०८२ 09:34:42
  • आईतवार, असार १५,२०८२ 09:34:42
Global IME Bank Limited

कालिका लघुवित्तको साधारण सभा आज आयोजना हुँदै, कुन–कुन अजेण्डा पारित हुँदैछन् ?

Hyundai Nepal
कालिका लघुवित्तको साधारण सभा आज आयोजना हुँदै, कुन–कुन अजेण्डा पारित हुँदैछन् ?
Nabil Bank Limited

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । गत माघ २५ गतेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम उक्त सभा पोखरामा रहेको होटल टास्क इन्टरनेशनलमा आयोजना हुन लागेको हो ।  

उक्त सभामा एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

यस्तै सभामा संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन १४ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । यसर्थ फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यो सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.