काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
यसका साथै बैठकले साधारण सभा समेत डाकेको छ । कम्पनीको साधारण सभा पुस २९ गते काठमाण्डौको राष्ट्रिय सभा गृह सिटी हलमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा लाभांशको मुख्य प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागस् हुन योग्य हुनेछन् ।