शिवम् सिमेन्टको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । गत मंसिर २५ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाबाट आव २०८१/८२ का लागि पारित १० प्रतिशत नगद लाभांश(कर समेत) मंसिर २८ गतेदेखिनै सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।

