शुक्रबार, श्रावण २९,२०८३ 06:32:29
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:32:29
Bizshala
Global IME Bank Limited

आम्दानी घटेसँगै शिवम् सिमेन्टको नाफामा ५७.९३% को गिरावट, ईपीएस ४.९८ रुपैयाँमा सीमित

Prabhu Bank Limited
आम्दानी घटेसँगै शिवम् सिमेन्टको नाफामा ५७.९३% को गिरावट, ईपीएस ४.९८ रुपैयाँमा सीमित
New Office

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडको आम्दानी घटेसँगै मुनाफामा कमी आएको छ । कम्पनीले आम्दानी बढाउन नसक्दा कम्पनीको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ ।  

कम्पनीले गत आवको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७० करोड रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको ७ अर्ब ७५ करोड रुपैयाँको तुलनामा ०.५८ प्रतिशतले कम हो ।  

CG Motors

कम्पनीको अन्य आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँबराबरको रहेको अन्य आम्दानी ४५.४१ प्रतिशतले घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ९९ करोड ८१ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले गत आवसम्म ९५ करोड ६३ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।  

५ अर्ब २ करोड ७० लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ५१ करोड रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूूल्य २३७.८९ रुपैयाँ र तरलता अनुपात १.५६ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X