बुधबार, आश्विन ३०,२०८१ 08:01:05
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 08:01:05
IME remit
Global IME Bank Limited

शिवम् सिमेन्टको सहायक कम्पनीले पारित गर्यो ११.६० करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव

Hyundai Nepal
शिवम् सिमेन्टको सहायक कम्पनीले पारित गर्यो ११.६० करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्सको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज सम्पन्न भएको उक्त सभाबाट हाल कायम सेयरधनीहरुलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

यस्तै आव २०८०÷८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै कम्पनीको आव २०८१÷८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको कम्पनीले जनाएकाृ छ ।  

Bizshala
Shivam Cement
CG Motors

शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले नेपाल कै सबै भन्दा ठूलो उत्पादन क्षमता भएको चिनीया विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होडशी शिवम् सिमेन्ट प्रालि उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडी बढाइएको कम्पनीले जनाएको छ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यसैगरी, शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरु सर्वसाधारणहरुलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र वोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ। नेपाल धितोपत्र वोर्डको स्वीकृति प्राप्त भए पश्चात नियमानुसार सर्व साधारणमा सार्वजनिक निष्काशन मार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरुमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागि रहेको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.