सोमबार, श्रावण १८,२०८३ 10:19:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:19:27
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्टको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

शिवम् सिमेन्टको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । शिवम् सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरु मध्ये एक हो । यो कम्पनीलाई नेप्सेले उत्पादन तथा प्रसोधन समूहमा राखेको छ । हाल दोस्रो बजारमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट सोनापुर सिमेन्ट र सर्वोत्तम सिमेन्ट जस्ता सिमेन्ट कम्पनीहरुको कारोबार हुँदै आएको छ ।    

आधारभूत पक्षः  

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कुल पूँजी ९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १८१ रुपैयाँ रहेको छ ।  

रिर्टन अन इक्विटी ५.४ प्रतिशत रहेको छ ।  कम्पनीको तेस्रो त्रैमाससम्म खुद मुनाफा ४० करोड ५ लाख रुपैंयाँ  रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ७.७९ रुपैंयाँ रहेको छ भने कम्पनीको ७ वर्षको औषत लाभांश दर करिब १२ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्समा हाल यो कम्पनी ८५ को तहमा स्ट्रङ बुलिस चलेको देखिन्छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण अधिक रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको न्यून मूल्य प्रतिकित्ता ४८८ रुपैयाँ र उच्च  मूल्य ६८८ रुपैंया रहेको छ । यस कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिर्णत भएको छ । यस कम्पनीको सेयर ब्रोकर नम्बर ४८ ,५७ र ३४ बाट उच्च हाल्ङिङ रहेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल केही समयदेखि अपर ब्याण्डमा चलेको देखिन्छ । म्याक्डीमा यस अघि नै बुलिस क्रसओभर बनेका छन् भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभरबट जोन ८८ को तहमा चलेको देखिन्छ । मनी फ्लो इन्डेक्समा भने ९१ को तह ओभर बट जोनमा चलेको देखिन्छ । सम्रगमा विभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ७९०

प्रतिरोध २ – ७२७

प्रतिरोध १–  ६८३

पिभट् प्वइन्टः ६१८

घटेमा सपोर्ट

सपोर्ट १– ५७६

सपोर्ट २– ५२०

सपोर्ट  ३ –४६९  

निष्कर्षः दोस्रो बजारमा उत्पादन समूहमा सूचीकृत शिवम सिमेन्ट लगानीकर्ताको रोजाइमा पर्दै आएको कम्पनी हो । आधारभूत रुपमा यो कम्पनी राम्रै देखिन्छ । जगेडा कोषमा ४ अर्ब ४२ करोड पूँजी रहेको यस कम्पनीको १८१ रुपैंया बुक भ्यालु रहेको छ । प्राविधिक रुपमा यो कम्पनी हाल पिभट् प्वइन्ट भन्दा माथि चलेको छ । यो कम्पनीको सेयरभाउ हाल फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यस हिसाबले यस कम्पनीको सेयर मुल्यमा लगानीकर्ताहरुको अधिक आकर्षण रहेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.