IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 03:56:25
IME remit
Global IME Bank Limited

प्रतिकित्ता ५४१ मा कारोबार भईरहेको शिवम् सिमेन्टको सेयर एकाएक ५०० मा कसरी भयो कारोबार ? यस्तो छ कारण

Hyundai Nepal
प्रतिकित्ता ५४१ मा कारोबार भईरहेको शिवम् सिमेन्टको सेयर एकाएक ५०० मा कसरी भयो कारोबार ? यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ । मंगलबारको सेयर कारोबारमा शिवम् सिमेन्टको सेयर प्रतिकित्ता ५४९ मा खुलेको थियो भने अन्तयमा ५३९ रुपैयाँमा बन्द भयो । दिनभरको न्यून विन्दु ५३८ रुपैयाँ रह्यो भने उच्च मूल्य ५४९ रुपैयाँ रह्यो । तर दिनभरको कारोबारमा यो कम्पनीको ४ हजार ६३ कित्ता सेयर एकाएक प्रतिकित्ता ५०० रुपैयाँमा विन्डोमा देखिएपछि लगानीकर्ता अचम्ममा परे ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

हालको कारोबारको नियमानुसार कुनै पनि कम्पनीको सेयर एकपटकको कारोबारमा २ प्रतिशत र दिनभरको कारोबारमा १० प्रतिशत भन्दा तलमाथि हुन पाउदैन । तर एकाएक यो कम्पनीको ४ हजार कित्ता बढी सेयर ५ सयमा कारोबार भएपछि आमसर्वसाधरणहरुले यो कम्पनीमा चलखेल भएको हुन सक्ने पनि अड्कलबाजी गर्न भ्याए ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर हामीले अनुसन्धान गर्दा वास्तविकता भने अर्के रहेको पायौं । नेप्सका प्रवक्ता मूराहरी पराजुलीले यो कम्पनीमा चलखेल नभएको बताए । पराजु्‌लीका अनुसार मुद्दा मामिलामा परेर जफत भएको सेयर वा अक्सन बजारमा नबिकेको सेयर टीएमएसको ‘नेगोसियटेड वीन्डो’ मार्फत कारोबार हुने बताए । शिवम् सिमेन्टको हकमा पनि यही भएको पराजुलीले जानकारी दिए । उनका अनुसार यस्तो कारोबारले नियमित कारोबारलाई भने केही प्रभाव पार्दैन । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.