मंगलवार, जेष्ठ ५,२०८३ 06:23:56
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:23:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग

Laxmi Sunrise Bank Limited
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
Shivam Cement

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले रोल्पा जिल्ला, रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

‘रुटिन अफ नेपाल बन्दमा प्रकाशित पत्रकार सुरेश तिमल्सीनाद्वारा लेखिएको समाचारका आधारमा, शारीरिक रूपमा अशक्त भई दुबै हात नचल्ने सन्देश बुढा मगरलाई शिवम् सिमेन्टले सहयोग गर्ने भएको हो।

जन्मजात नै दुबै हात नचल्ने अवस्थाबाट प्रभावित सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएका छन्। उनले हाल रोल्पामै रहेको विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका छन्। तर, रोल्पामा विशेष क्षमता भएका विद्यार्थीहरूका लागि उपयुक्त अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।

Bizshala
New Office
CG Motors

यसै सन्दर्भमा, शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिनका लागि काठमाण्डौको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ।

साथै, उनको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरेको छ। उक्त व्यवस्था अन्तर्गत, अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययनको समन्वय गर्नेछ भने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिनेछ। सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि लाग्ने खर्च शिवम् सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रलाई सहयोग स्वरुप अर्धवार्षिक रूपमा उपलब्ध गराउनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीका अनुसार, ‘समाजका हरेक वर्गको विकासमा साथ दिने हाम्रो लक्ष्य अनुरूप, विशेष क्षमता र आवश्यकता भएका बालबालिकाहरूलाई उनीहरूको आवश्यकताअनुसारको अपाङ्गमैत्री शैक्षिक संस्थामा अध्ययनको अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं। शिक्षा नै सशक्त भविष्यको आधार हो। त्यसैले यस्ता बालबालिकाहरूले पनि प्रोत्साहनसहित गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने हाम्रो विश्वास छ।’

सन्देश बुढा मगरको संघर्ष र आत्मविश्वासबाट प्रेरित भई गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ। शिवम् सिमेन्ट्स लिमिटेडले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.