काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ९ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट विद्यमान चुक्तापूँजी १ अर्बको ६.४० नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी ३१ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।