काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले उक्त अवधिको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।