आइजीआई प्रुडेन्सियलद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आव २०८१÷८२ चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका बीमितहरुको २०८१ चैत्र मसान्त सम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएका बीमितहरुलाई यस्तो आग्रह गरेको हो ।