आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा उच्च गिरावट, ईपीएस ०.०२ रुपैयाँमा सीमित
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ लाख ३८ हजार मात्रै खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.८३ प्रतिशतले कम हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २६ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

