शनिबार, असार १४,२०८२ 11:02:06
  • शनिबार, असार १४,२०८२ 11:02:06
Global IME Bank Limited

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एजीएम सम्पन्न, लाभांश पारित

Hyundai Nepal
आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एजीएम सम्पन्न, लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७ औँ बार्षिक साधारण सभा  फागुन २५ गते आइतबार काठमाण्डौको नक्सलामा रहेको अम्रपाली बैङ्क्वेट सम्पन्न भएको छ ।

साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुने बताए । उनले यसै यथार्थलाई मध्यनजर गर्दै बिगत दुई दशकभन्दा लामो समयदेखि कम्पनीले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरुको न्युनीकरण गर्न सहजकर्ताको भुमिका खेलिरहेको छ भने समग्र अर्थतन्त्रमा नै महत्वपुर्ण योगदान पु¥याउदै आईरहेको जानकारी दिए ।

उक्त अवसरमा ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले रु.४१.४७ अर्ब बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आव.भन्दा २.८ प्रतिशतको वृद्धि हो । साथै, आव २०८०/८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको छ । सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गराउंदै समीक्षा वर्षमा कम्पनीले ३.६३ अर्ब बीमाशुल्क आर्जन गरी गत वर्षको दांजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरी, कम्पनीले आर्थिक बर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम रु.२९ करोड ४९ लाख ६१ हजार ५ सय ३० (कर प्रयोजनार्थ सहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए ।

कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिनाभित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी वर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमशःव्यवस्था गर्दै लगिने व्यहोरा समेत सेयरधनीहरुलाई जानकारी गराए । कम्पनीले २७ औँ साधारण सभा समक्ष पेस गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

त्यसैगरी, सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७ औँ बार्षिक साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहकहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र सहकर्मी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा समेत उनले व्यक्त गरे । उनले लगानीकर्ताहरुको भावना र सञ्चालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए ।  

कम्पनीको सातै वटै प्रदेशमा रहेका  ६९ वटा शाखा तथा उप–शाखा  र १४ वटा सेवा काउण्टरहरु गरी ८३ स्थानमा ५०१ जना कर्मचारीहरु रहेको छन भने ४५.७९ प्रतिशत महिला कर्मचारी रहेका छन् । यस्तै कम्पनीमा ४०० अभिकर्ताहरु र १९१ सर्भेयरहरु छन् ।  

अन्तमा सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २७ औँ वार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिने सबैलाई धन्यवाद दिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.