मंगलवार, फाल्गुन ५,२०८२ 10:38:05
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:38:05
Bizshala
Global IME Bank Limited

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । बैठकले कम्पनीको २८ औं वार्षिक साधारण सभा आगामी पुस २४ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) पारित गरिनेछ । यस्तै कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १६ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.