बिहीबार, बैशाख ३,२०८३ 04:36:03
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 04:36:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको नयाँ भवन ‘आईजीआई कम्प्लेक्स’को उद्घाटन सम्पन्न

Bizshala
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको नयाँ भवन ‘आईजीआई कम्प्लेक्स’को उद्घाटन सम्पन्न
Shivam Cement

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नवनिर्मित केन्द्रीय कार्यालय भवन ‘आईजीआई कम्प्लेक्स’ को २०८२ साल फाल्गुण १४ गते भव्य समारोहका बीच उद्घाटन गरिएको छ। कम्पनीको संस्थागत सुदृढीकरण, सेवा विस्तार तथा प्रविधिमैत्री पूर्वाधार विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरूप निर्माण गरिएको अत्याधुनिक भवन संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरिएको हो।

उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल बीमा प्राधिकरण का कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा कम्पनीका संस्थापक सेयरधनी चन्द्रप्रसाद ढकाल, साथै प्राधिकरणका निवर्तमान अध्यक्ष तथा कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

काठमाण्डौ महानगरपालिका–३, पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको करिब ६० हजार वर्गफिट क्षेत्रफलमा निर्मित उक्त भवन १२ तल्ले रहेको छ भने दुई तल्ला पार्किङ सुविधा समेत उपलब्ध छ। आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली तथा सेवाग्राहीमैत्री वातावरणसहित निर्माण गरिएको भवनमार्फत कम्पनीले छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रवाह गर्ने लक्ष्य लिएको जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष हेमराज ढकालले नयाँ भवनले कम्पनीको रणनीतिक लक्ष्य, दिगो विकासप्रतिको प्रतिबद्धता तथा ग्राहककेन्द्रित सेवामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले विश्वसनीयता, पारदर्शिता र नवप्रवर्द्धनलाई कम्पनीको मूल आधारका रूपमा निरन्तर अघि बढाइने बताए।

त्यसै अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष प्रो।डा। फत्तबहादुर केसीले कम्पनीको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझै उन्नति हुने शुभकामना दिए। नेपाल बीमक संघका अध्यक्षले समेत यस स्तरको पूर्वाधारले समग्र बीमा क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गर्दै कम्पनीको निरन्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत ११ वर्षमा कम्पनीले हासिल गरेको उपलब्धि उल्लेखनीय रहेको बताए। उनले इमान्दारितापूर्वक काम गर्दा सफलता अवश्य प्राप्त हुने उदाहरणका रूपमा कम्पनीलाई लिन सकिने धारणा व्यक्त गरे। 

साथै, बीमा बजार विस्तारका लागि नियामक निकायको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्राधिकरणले प्रभावकारी अभिभावकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

CG Motors
Garima Development Bank
IME remit

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विस्तार र जनविश्वास अभिवृद्धिमा कम्पनीले खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ पूर्वाधारले सेवा गुणस्तर र पहुँचमा सकारात्मक प्रभाव पार्ने बताए। उनले बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने नीति निर्माणतर्फ प्राधिकरण अग्रसर रहने संकेत पनि गरे।

समारोहमा बीमा क्षेत्रका विशिष्ट व्यक्तित्व, विभिन्न नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, उद्योगी–व्यवसायी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी तथा कम्पनीका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्वागत मन्तव्यका क्रममा भवन उद्घाटनलाई संस्थागत प्रतिबद्धता र दीर्घकालीन दृष्टिकोणको प्रतीकका रूपमा व्याख्या गरे। 

उनले कम्पनीको निरन्तर प्रगति, सुदृढ व्यवस्थापन तथा सम्पूर्ण टिमको समर्पणकै परिणामस्वरूप यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गरे।

स्थापनाकालदेखि नै ग्राहकको भरोसा, नवीन सेवा र सुदृढ व्यवस्थापनमार्फत नेपाली बीमा बजारमा विशिष्ट पहिचान बनाउँदै आएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नयाँ भवनसँगै अझ व्यापक जिम्मेवारी, पारदर्शिता र प्रविधिमा आधारित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.