काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले फागुन २७ गतेसम्म आवेदन दिनसक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २११ रुपैयाँ कायम थियो ।