बिहीबार, आश्विन १,२०८३ 09:14:38
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:14:38
Bizshala
Global IME Bank Limited

सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा, कुनको कति ?

सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा, कुनको कति ?
New Office

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन्।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको २०७औँ बैठकले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीलाई करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Shivam Cement
Bizshala
CG Motors

निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीले ८ प्रतिशत प्रतिफल पाउनेछन्। यस योजनाअन्तर्गत कुल ९ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण हुनेछ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको छ। यस योजनाअन्तर्गत कुल ८ करोड ५ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। दुवै योजनाको घोषित प्रतिफलमा लाग्ने करसमेत समावेश गरिएको छ।

सिद्धार्थ क्यापिटलका अनुसार सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड–२ का इकाईधनीलाई भने आर्थिक वर्ष २०८२÷८३ का लागि कुनै लाभांश वितरण नगर्ने निर्णय गरिएको छ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.