काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । कम्पनीले आगामी पुस २८ गते साधारण सभा समेत डाकेको छ ।
यस्तै कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।