मंगलवार, श्रावण २६,२०८३ 08:23:38
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 08:23:38
Bizshala
Global IME Bank Limited

हालसम्म १९ हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

Prabhu Bank Limited
हालसम्म १९ हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?
New Office

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वाधिक हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । हाइड्रो समूहका ९१ वटा कम्पनीहरु नेप्सेमा सूचीकृत छन् । यसकारण पनि अधिकांश लगानीकर्ताको नजरमा सेयर खरिदबिक्रीमा हाइड्रो कम्पनी बढी पर्छन् ।  

बजारमा अल्पकालिन लगानीकर्ता हाबी भएकाले सर्ट टर्म वा मिड टर्ममै लगानी गरी त्यसबाट नाफा कमाउन खोज्ने धेरै छन् । अहिले बजारमा आधारभुत पक्षमा बलिया कम्पनी जुन लगानीकर्तालाई नियमित लाभांश दिन सक्ने क्षमता भएका छन् त्यस्ता कम्पनीमा लगानीकर्ता खासै आकर्षित देखिदैनन् ।  

बजारमा लो क्याप भएका कम्पनी धेरै चल्ने ट्रेन्ड आएकाले अहिले विशेषगरी हाइड्रो सेक्टरका कम्पनी नै लगानीकर्ताको रोजाइमा पर्ने गरेको देखिन्छ । तर दीर्घकालिन लगानीका लागि हेर्ने हो भने हाइड्रो कम्पनीबाट त्यति रिटर्न पाउन नसकिने लगानीकर्ताहरुको भनाई छ ।  

नेप्सेमा सूचीकृत समूहमध्ये हाइड्रो समूहका कम्पनीहरुले तुलनात्मक रुपमा कम लाभांश दिने गरेको पाइन्छ । बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुले जस्तो हाइड्रो कम्पनीहरुले लगानीकर्तालाई लाभांश दिएको देखिँदैन । तर पछिल्लो समय हाइड्रो कम्पनीहरुको हकप्रद आउने विषयले पनि यो सेक्टरमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ ।  

हालसम्म १९ वटा हाइड्रोपावर कम्पनीले मात्रै गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । जसमा अधिकांशको बुकक्लोज समेत भइसकेको छ । सूचीकृत कम्पनीको संख्या ९१ वटा भएपनि हालसम्म १९ वटाले मात्रै लाभांश गरेका छन् । सूचीकृत रहेका कुल हाइड्रो कम्पनीमध्ये हालसम्म जम्मा २० प्रतिशत कम्पनीले मात्रै लगानीकर्ताका लागि प्रतिफल बाँड्ने घोषणा गरेका छन् ।  

वित्तीय अवस्था हेर्दा हाइड्रो कम्पनीहरुको अवस्था त्यति राम्रो देखिदैन । दीर्घकालिन रुपमा उपयुक्त नभएपनि सर्ट टर्म र मिड टर्मको लागि हाइड्रो कम्पनी नै उपयुक्त हुने लगानीकर्ताहरु बताउँछन् ।  

लाभांश घोषणा गरेका हाइड्रो कम्पनीहरुमध्ये सर्वाधिक माउन्टेन इनर्जी र रुरु जलविद्युत कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । यी दुबै कम्पनीले १५.७९ प्रतिशत लाभांश घोषणा गरेका छन् । जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश रहेको छ । रुरु जलविद्युतको बुकक्लोज भइसकेको छ भने माउन्टेनको बुकक्लोज हुन बाँकी नै छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X