बुधबार, असार १०,२०८३ 04:03:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:03:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारको वृद्धिमा लाग्यो ब्रेक, जानकार भन्छन्, ‘सामान्य नाफा बुक मात्रै हो’

Laxmi Sunrise Bank Limited
सेयरबजारको वृद्धिमा लाग्यो ब्रेक, जानकार भन्छन्, ‘सामान्य नाफा बुक मात्रै हो’

काठमाण्डौ । गत साताभर बढेको सेयरबजारमा आज करेक्सन आएको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.९९ प्रतिशत अर्थात २६.५१ अंकले घटेर २ हजार ६४९.५१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ४५६.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४२ वटा स्क्रिप्टको १ करोड ५७ लाख ३६ हजार ३त्७२ कित्ता सेयर ७ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन भने ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे बजार जानकार टेकेन्द्र थपलिया भन्छन्, ‘गत साताभर बजार बढेका कारण आज केही नाफा बुक भएको देखिन्छ । जसका कारण आज बजार घट्न पुग्यो । बढिरहेको बजारमा नाफा बुक हुनु सामान्य हो । एकोहोरो बढ्ने बजारभन्द बेलाबेलामा हुने यस्तो नाफा बुकले बजारलाई थप मजबुत बनाउँछ ।’

सबै विषयवस्तु सकारात्मक भएकाले आगामी कारोबारदेखि बजारले पुनः माथिको लय समात्ने उनले विश्वास व्यक्त गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.७३ र ०.०४ प्रतिशतले बढे ।

लगानी समूह आज सर्वाधिक अर्थात १.४८ प्रतिशतले घट्यो ।

यस्तै बेंकिङ समूह १.०८ प्रतिशत, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल ०.२९, हाईड्रो १.३१, जीवन बीमा १.२०, लघुवित्त १.३०, निर्जीवन ०.६९, अन्य १.०४ र व्यापार समूह ०.५१ प्रतिशतले घट्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै जोशी हाईड्रो २१ करोड ८१ लाख, ग्रिन भेन्चर्सको २१ करोड ३५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड २४ लाख, नेपाल लाइफको १८ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, निफ्रा ग्रिन इनर्जी डिबेञ्चर, झापा इनर्जी, श्रीनगर एग्रोटेक र स्वस्तिक लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै हिमस्टार उर्जाको सेयरमूल्य ४.८७ प्रतिशत र ट्रेड टावरको सेयरमूल्य ३.३६ प्रतिशतले बढ्यो ।

यो दिन जोशी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.२९ प्रतिशतले घट्यो ।  

यस्तै हिमाल दोलखा हाईड्रोको सेयरमूल्य ५.५९, स्वेत गंगा हाइड्रोको ५.०७ र हिमालयन हाईड्रोको सेयरमूल्य ४.९४ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.