सेयरबजारमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘१५ दिने सूचनाको अन्योलले लगानीकर्ताको मनोबल झनै खस्कियो’
काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ९० लाख ३ हाजर ३८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज व्यापार समूहबाहेक सबै समूह राताम्य भएका छन् । व्यापार समूह ०.३३ प्रतिशतले बढ्दा सर्वाधिक घट्ने लगानी समूह रहेको छ । यो समूह...

