बिहीबार, बैशाख ३१,२०८३ 07:14:23
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:14:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२६ सय विन्दुमाथि उक्लियो नेप्से, सबै समूहमा हरियाली

Laxmi Sunrise Bank Limited
२६ सय विन्दुमाथि उक्लियो नेप्से, सबै समूहमा हरियाली
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोारो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.८३ प्रतिशत अर्थात ४७.५५ अंकले बढेर २ हजार ६३३.४२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८४ प्रतिशतले बढेर ४४६.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ५७ कित्ता सेयर ५ अर्ब ३६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘केही समययता बढ्न नसकेको बजारमा आज ४७ अंकको बृद्धि देखिएको छ । आजको बजार बढ्नुको मुख्य कारण भनेको नेपालको राजनीतिक विषय हो । अहिलेको पूँजीबजारले विशेषतः चुनावी माहोल र समयमै चुनाव खोजिरहेको छ । नेपालका ठूलो तीन दलका नेताहरुले प्रधानमन्त्रीसँग भेटवार्ता गरी चुनाव गर्न तयार रहेको भाव व्यक्त गरेका छन् । यो कुरा नेपाली सेयरबजारका लागि साच्चिकै प्लसपोइन्ट । साथै आजमात्रै बालेन साह र रवि लामिछानेबीच भएको सहमतिले पनि सिँगो नेपाललाई यतिबेला तरंगित बनाएको छ ।’

Bizshala
New Office
CG Motors

उनले थपे, ‘अब नेपालमा राजनीतिक माहोल राम्रो बन्न सक्ने छनम आम लगानीकर्ताहरुले पाइसकेका छन् र मनोबल पनि बढ्न थालेको छ । यसैको परिणाम हो आजको मार्केट । सेयरबजार बढाउने थुप्रै सकारात्मक आधारहरु छन् । अबका दिनमा राजनीतिक माहोल पनि राम्रै बन्दै जाने हो भने सेयरबजार विस्तारै बढ्दै जाने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.७० प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.६६, विकास बैंक २.२८, होटल १.३८, हाईड्रो १.९७, लगानी १.९९, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.८७, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.९४, निर्जीवन बीमा १.७०, अन्य २.५५ र व्यापार समूह ०.७२ प्रतिशतले बढ्यो ।

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाख, सिनर्जी पावर डेभलपमेन्ट बैंकको २२ करोड ७५ लाख, एसवाई प्यानल नेपालको १८ करोड ९२ लाख र शिवम् सिमेन्टको १७ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज मिडसोलु हाईड्रोपावरको सेयरमूल्य ९.४९ प्रतिशतले बढ्यो । जोशी हाईड्रोपावरको सेयरमूल्य पनि आज ६.९७ प्रतिशत, अपर स्याङ्गे हाईड्रोपावरको ६.५२ र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ५.१६ प्रतिशतले बढ्यो ।

यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घटेर लोवर सर्किट लाग्यो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.