सोमबार, कार्तिक २,२०८३ 04:29:23
  • सोमबार, कार्तिक २,२०८३ 04:29:23
Global IME Bank Limited

नेप्सेमा गिरावटका साथ साताको अन्त्य, ‘चाडपर्व र राजनीतिक विषयले बन्न सकेन माहोल’

Bizshala
नेप्सेमा गिरावटका साथ साताको अन्त्य, ‘चाडपर्व र राजनीतिक विषयले बन्न सकेन माहोल’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.२५ अंकले घटेर २ हजार ६२७.१४ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारको विषयमा बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘बजार घट्नु पर्ने खासमा केही कारण अहिले छैन । अहिले बजारले गति लिन नसक्नुमा राजनीतिक कारण नै हो । सरकारले पनि बोलेअनुसार काम गर्न सकेको छैन । बिपक्षीहरुले पनि पार्टीको अजेण्डा मात्रै बोके । जनताको बिषयमा खासै कतै केही सुनिदैन ।’

पाठकले अहिले लगानीकर्तामा सरकार नै अस्थिर होला कि भन्ने डर व्याप्त रहेको बताए । ‘अहिले चाडपर्वका कारण पनि बजारमा माहोल नबनेको हो । अब तिहार तथा छठ पछि बजारले गति लिन सक्छ, उनले भने,‘किनकी त्यो बेला सम्म आन्दोलनको बिषयमा पनि केही प्रष्ट होला । सेयर बजारको लागि ब्याजदर नै मुख्य विषय हो जुन अहिले न्युन बिन्दुमा रहेको छ ।’ पाठकले राष्ट्र बैंकको १२ प्रतिशतको कर्जा लगानीको लक्ष्य पुरा नहुने देखिए पछि लगानीकर्ता केही हच्किएको दाबी गरे । यद्यपी बजार बढ्नुको विकल्प नरहेको पाठकको ठम्माई रहेको छ ।  

त्यसैगरि, अर्को बजार जनाकार टेकेन्द्र थपलिया पनि हिजोआज बजार बढ्न नसक्नुमा राजनीतिक बिषय नै प्रमुख कारण रहेको बताउँछन् । यो साता बजारमा केही बिक्री दबाब देखिएता पनि आगामी साताबाट बजारले गति लिनेमा थपलिया ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज हाईड्रो समूह ०.३६ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.९३ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह आज ०.७९, बैंकिङ समूह १.०२,वित्त ०.८८,लगानी ०.९२,जीवन बीमा ०.५२,उत्पादन तथा प्रशोधन १.२६,लघुवित्त ०.८१,म्युचुअल फण्ड ०.३०,निर्जीवन बीमा ०.६० र अन्य समूह ०.६५ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३४ करोड ३१ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो । यस्तै साहस उर्जाको आज २४ करोड ९३ लाख, आईसीएफसी फाइनान्सको २४ करोड ९२ लाख,पिपुल्स हाईड्रोपावरको २४ करोड ५५ लाख र समृद्धि फाइनान्सको १९ करोड ७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये नेपाल एसबीआई बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ९.७५ प्रतिशतले बढ्यो । यस्तै पिपुल्स हाईड्रोको सेयरमूल्य ८.०५ प्रतिशत,समृद्धि फाइनान्सको ६.१८ र माथिल्लो मैलुङ खोलाको सेयरमूल्य ५.७८ प्रतिशतले बढ्यो ।  

यो दिन राँवा इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले खस्कियो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.९० र गूडविल फाइनान्सको ४.५१ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.