आईतवार, भाद्र २३,२०८१ 10:50:38
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:50:38
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो गिरावट,जानकार भन्छन्,‘बजार आफ्नै लयमा चल्दैछ, उत्साहित र निराश हुनुपर्ने खासै कारण छैन

Hyundai Nepal
नेप्सेमा झिनो गिरावट,जानकार भन्छन्,‘बजार आफ्नै लयमा चल्दैछ, उत्साहित र निराश हुनुपर्ने खासै कारण छैन
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ३.९७ अंकलेे घट्दै २०७९.०७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले घटेर ३७०.०६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

बजार जानकार अजय सिंह थापा(जय शम्भु)भन्छन्, ‘हिजो आजको बजार सामन्य अवस्थामा रहेको छ । आज को घटाई करेक्सनकै निरन्तरता हो । यस्तो  करेक्सन अधिकतममा १९५० देखि १९३० विन्दुसम्म पनि आउँन सक्छ । प्राविधिक रुपमा अझै पनि करेक्नस नसकिएको जस्तो देखिन्छ । यद्यपी आधाभूत रुपमा भने सबै विषय मजबुत नै रहेको छ ।’

अर्का बजार जानकार दामोदर गजुरेल पनि बजार आफ्नै लयमा चलेको बताउँछन् । उनी भन्छन् ‘लगानीकर्ताहरु बजेट पछि अब मौद्रिक नीतिको प्रतिक्षामा छन् । आजको करेक्सनलाई सामान्य मान्न सकिन्छ । अहिले नै बजारमा धेरै उत्साहित र निराश हुनु पर्ने खासै केहि कारण छैन ।’

उनले बजार सेक्टर परिवर्तन हुँदै चलेको र अब बजार यसरी नै सेक्टर परिवर्तन हुँदै चल्ने बताए । ‘बजारमा अहिले नै असार मसान्तको प्रभाव देखिदैन त्यसको प्रभाव परे पनि असारको पहिलो तथा दोस्रो साताबाट पर्न सक्छ ।’ उनले भने ।

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा समूहमा मात्रै हरियाली छायो भने अन्य १२ वटा समूहमा रातो पोतियो । आज लघुवित्त समूह मात्रै २.४३ प्रतिशतले बढ्यो ।  

आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज १.०५ प्रतिशतले घट्यो । आज बैंकिङ समूह ०.७४, विकास बैंक ०.३०,होटल ०.८४,हाईड्रो ०.१२,लगानी ०.१७,जीवन बीमा ०.२०,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा ०.६६,अन्य ०.३७ र व्यापार समूह ०.०३ प्रतिशतले घट्यो । साथै वित्त समूह ०.०६ अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १४ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज पोखरा फाइनान्सको १३ करोड ८६ लाख बढीको,ग्रिन भेन्चरको १२ करोड ४० लाख,नेपाल फाइनान्सको १० करोड ७ लाख र हिमालयन लघुवित्तको १० करोड ७ लाख बढीको सेयर कारोबार  भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बुद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.६६ प्रतिशतले बढ्यो । यो दिन हिमालयन लघुवित्तको सेयरमूल्य ६.९१ प्रतिशत,नेशनल लघुवित्तको ६.०५ र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ६.०४ प्रतिशतले बढ्यो ।  

आज मनकामना इन्जिनियरिङको सेयरमूल्य सर्वाधिक अर्थात ५.९० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X