सोमबार, श्रावण १८,२०८३ 11:40:05
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:05
Bizshala
Global IME Bank Limited

नेप्सेमा झिनो गिरावट,जानकार भन्छन्,‘बजार आफ्नै लयमा चल्दैछ, उत्साहित र निराश हुनुपर्ने खासै कारण छैन

नेप्सेमा झिनो गिरावट,जानकार भन्छन्,‘बजार आफ्नै लयमा चल्दैछ, उत्साहित र निराश हुनुपर्ने खासै कारण छैन
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ३.९७ अंकलेे घट्दै २०७९.०७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले घटेर ३७०.०६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

बजार जानकार अजय सिंह थापा(जय शम्भु)भन्छन्, ‘हिजो आजको बजार सामन्य अवस्थामा रहेको छ । आज को घटाई करेक्सनकै निरन्तरता हो । यस्तो  करेक्सन अधिकतममा १९५० देखि १९३० विन्दुसम्म पनि आउँन सक्छ । प्राविधिक रुपमा अझै पनि करेक्नस नसकिएको जस्तो देखिन्छ । यद्यपी आधाभूत रुपमा भने सबै विषय मजबुत नै रहेको छ ।’

अर्का बजार जानकार दामोदर गजुरेल पनि बजार आफ्नै लयमा चलेको बताउँछन् । उनी भन्छन् ‘लगानीकर्ताहरु बजेट पछि अब मौद्रिक नीतिको प्रतिक्षामा छन् । आजको करेक्सनलाई सामान्य मान्न सकिन्छ । अहिले नै बजारमा धेरै उत्साहित र निराश हुनु पर्ने खासै केहि कारण छैन ।’

उनले बजार सेक्टर परिवर्तन हुँदै चलेको र अब बजार यसरी नै सेक्टर परिवर्तन हुँदै चल्ने बताए । ‘बजारमा अहिले नै असार मसान्तको प्रभाव देखिदैन त्यसको प्रभाव परे पनि असारको पहिलो तथा दोस्रो साताबाट पर्न सक्छ ।’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा समूहमा मात्रै हरियाली छायो भने अन्य १२ वटा समूहमा रातो पोतियो । आज लघुवित्त समूह मात्रै २.४३ प्रतिशतले बढ्यो ।  

आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज १.०५ प्रतिशतले घट्यो । आज बैंकिङ समूह ०.७४, विकास बैंक ०.३०,होटल ०.८४,हाईड्रो ०.१२,लगानी ०.१७,जीवन बीमा ०.२०,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा ०.६६,अन्य ०.३७ र व्यापार समूह ०.०३ प्रतिशतले घट्यो । साथै वित्त समूह ०.०६ अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १४ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज पोखरा फाइनान्सको १३ करोड ८६ लाख बढीको,ग्रिन भेन्चरको १२ करोड ४० लाख,नेपाल फाइनान्सको १० करोड ७ लाख र हिमालयन लघुवित्तको १० करोड ७ लाख बढीको सेयर कारोबार  भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बुद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.६६ प्रतिशतले बढ्यो । यो दिन हिमालयन लघुवित्तको सेयरमूल्य ६.९१ प्रतिशत,नेशनल लघुवित्तको ६.०५ र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ६.०४ प्रतिशतले बढ्यो ।  

आज मनकामना इन्जिनियरिङको सेयरमूल्य सर्वाधिक अर्थात ५.९० प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.