काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.८७ अंकले घटेर २८६७६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.१७ प्रतिशत र निर्जीवन बीमा समूह १.२७ प्रतिशतले बढेको छ । आज २१ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.५८ प्रतिशतले बढेर ८५०.६९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको १.४२ प्रतिशत, नेको इन्स्योरेन्सको १.७१ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.५३ प्रतिशत, आरबीसीएलको ०.४९ प्रतिशत, सलिकोको ०.६७ प्रतिशत, शिखरको १.१७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको २.२७ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ६.९१ प्रतिशतले बढेको छ ।
यसका साथै एशियन लाइफको ०.९५ प्रतिशत, सिटिजन लाइफको ०.६१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ५.३० प्रतिशत, गार्डियन माइक्रो लाइफको १.५६ प्रतिशत, आइएमई लाइफको ०.२२ प्रतिशत, एलआइसी नेपालको १.४० प्रतिशत, नेपाल लाइफको ३.१६ प्रतिशत, नेशनल लाइफको ३.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३५ प्रतिशत र सन नेपाल लाइफको १.२७ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.०८ प्रतिशतले घटेर ६०९.०५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.३७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५६ प्रतिशत, युनाइटेड अजोडको ०.०४ प्रतिशत, हिमालयन लाइफको ०.२५ प्रतिशत, सूर्यज्योति लाइफको ०.१० प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.७० प्रतिशतले घटेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (199).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                