आईतवार, असार १५,२०८२ 09:04:11
  • आईतवार, असार १५,२०८२ 09:04:11
Global IME Bank Limited

४ दिनमा २४५ अंकले बढ्यो नेप्से, ‘वियरिस ट्रेण्डको अन्त्य’

Hyundai Nepal
४ दिनमा २४५ अंकले बढ्यो नेप्से, ‘वियरिस ट्रेण्डको अन्त्य’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.५४ प्रतिशत अर्थात ६१.६१ अंकले बढेर २ हजार ४८५.९४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१० प्रतिशतले बढेर ४४९.६८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर १५ अर्ब २३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्,  ‘ अहिले बजारमा वृद्धि देखिनुका २–३ वटा मुख्य कारण छन् । पहिलो भनेको बजारको ३ वर्षको वियरिस चक्र सकिनु नै हो । मेरो ४ वटा वियरिस बजारको अनुभवमा ३ वर्षपछि बजारले बुल समातेको देखिन्छ । त्यस्तै बजार बढ्नुको अर्को कारणमा संस्थागत लगानीकर्ता बजार प्रवेश गर्नु पनि मुख्य कारण हो । जसले कारोबार १५ अर्ब हुन थालेको छ । तेस्रो कारण भनेको नयाँ सत्ता समीकरणले गर्दा पनि बजार चलायमान भएको र दीर्घकालिन लगानीकर्ता बजार पसेको देखिन्छ ।’

पूँजी बजार चलायमान हुनु भनेको समग्र अर्थमन्त्र पनि चलायमान हुनु भएको र यसमा पूँजी बजारले इन्धनको काम गर्ने रजौरेले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार महेश रिजालको विचारमा बजार अहिले इन्ट्रा डे करेक्सन हुँदै अघि बढेको छ । म्याच्योर भएको मुद्दती निक्षेप र निष्क्रिय रहेको पैसा बजारमा आउँदा बजार चलायमान भएको हो । ‘बजार सधै बढेको बढ्यै भने गर्दैन र बजार केहि दिनमा करेक्सन हुँदै माथि जाने देखिन्छ ,उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज व्यापार समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ६.८० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ३.८६ प्रतिशत, विकास बैंक १.४१ प्रतिशत,वित्त १.५१,होटल ४.२१,हाईड्रो १.३७,लगानी २.८६,जीवन बीमा १.५२,उत्पादन तथा प्रशोधन २.९७,लघुवित्त १.६१,म्युचुअल फण्ड १.५२,निर्जीवन बीमा ०.६५ र अन्य समूह ३.३८ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सोल्टी होटलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड १० लाख बढीको सेयर कारोबार भयो । हिमालयन रिको आज ३० करोड ६७ लाख, कुमारी बैंकको २७ करोड ९३ लाख,सिईडिबि हाईड्रोको २६ करोड ८५ लाख र शिवम् सिमेन्टको २४ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज युनाइटेड मोदी हाईड्रोपावर,समता घरेलु लघुवित्त,हिमालयन बैंक, गणपति लघुवित्त र मन्दाकिनी हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्य ९.४९ प्रतिशत,कुमारी बैंकको ९.२१ र सुपर मादी हाईड्रोको सेयरमूल्य ९.०८ प्रतिशतले बढ्यो ।  

आज सिक्लेस हाईड्रोको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । यस्तै माथिल्लो मैलुङ  खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.५४ प्रतिशत र ग्रिन भेन्चर कम्पनीको सेयरमूल्य ३.७८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.