बुधबार, असार १०,२०८३ 03:58:35
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:58:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा सानिमा जिआइसी

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा सानिमा जिआइसी

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह १.३४ प्रतिशत र निर्जीवन बीमा समूह १.४९ प्रतिशतले बृद्धि भएको छ । बीमा कम्पनीमा आज सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घटेको छ भने बाँकी सबैको सेयरभाउ बढेको छ । सानिमा रिलायन्सको सेयरभाउ ०.२२ प्रतिशतले घटेर ४५० रुपैयाँ कायम भएको छ । आज सर्वाधिक सेयरभाउ सेयरमूल्य बढ्ने बीमा कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.५५ प्रतिशतले बढेर ६७० रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, हिमालयन एभरेष्टको ३.२६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.७० प्रतिशत, सन नेपाल लाइफको २.२४ प्रतिशत, नेशनल लाइफको २.१४ प्रतिशत, आइएमई लाइफको २.०६ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.०१ प्रतिशत, आरबीसीएलको १.९५ प्रतिशत, हिमालयन लाइफको १.९० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.८८ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.८५ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.८० प्रतिशतले सेयरभाउ बढेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै, आइजीआई प्रुडेन्सियलको १.५७ प्रतिशत, नेको इन्स्योरेन्सको १.५२ प्रतिशत, रिलायबल नेपाल लाइफको १.५० प्रतिशत, एशियन लाइफको १.४२ प्रतिशत, सिटिजन लाइफको १.३२ प्रतिशत, युनाइटेड अजोडको १.२३ प्रतिशत, नेपाल लाइफको १.२२ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.०५ प्रतिशत, सुर्यज्योति लाइफको ०.८२ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.२७ प्रतिशत, एलआइसी नेपालको ०.१० प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.०८ प्रतिशतले सेयरभाउ बढेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.