आईतवार, असार १५,२०८२ 09:43:17
  • आईतवार, असार १५,२०८२ 09:43:17
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्,‘ नाफा बुक मुख्य कारण’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्,‘ नाफा बुक मुख्य कारण’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४१ प्रतिशत अर्थात ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले घटेर ४४६.८१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ५१ लाख ४ हजार ०३३ कित्ता सेयर ७ अर्ब ८५ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार प्रेम ओली भन्छन्,  ‘आजको बजारको गिरावटलाई सामान्य करेक्सनको रुपमा लिन सकिन्छ । केही दिनदेखि बढेको बजारमा नाफा बुक हुँदा सामान्य गिरावट आएको छ ।’

ओलीले बजार घट्दा कारोबार घट्नुलाई स्वभाविक भएको बताए । बजार बढ्दा लगानीकर्ता भित्रिने र गिरावट हुँदा बाहिरिने भएका कारण आज नेप्से घटेको उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि आजको बजारको घटाईको मुख्य कारण नाफा बुक नै भएको बताए । ‘हिजो ठूलो पूँजी भएका कम्पनीहरु समेत चलेका कारण बजार बढेको थियो । यसले बजारमा ठूला र नयाँ लगानीकर्ता बजार प्रवेश गरेको मान्न सकिन्छ । ’

उनले बजारमा अहिले खासै डराउनु पर्ने कुनै विशेष कारण नभएको समेत बताए । ‘सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फ सम्बोधन गरेको छ । जसमा कारण समेत लगानीकर्ताका मनोबल बढेको छ । यस कारण अब बजार २६ सय विन्दु तल जादैन,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज विकास बैंक समूह ०.८३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.३५ अंकले बढ्यो ।  

आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.४३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.६१ प्रतिशत, होटल ०.७८,हाईड्रो ०.५५,लगानी ०.७९,जीवन बीमा ०.०१,लघुवित्त ०.०१,म्युचुअल फण्ड ०.२५,निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूह ०.२३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ८९ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज २१ करोड ३८ लाख,युनाइटेड इदी मर्दीको १९ करोड ५५ लाख र सिन्धु विकास बैंकको १७ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सामुदायिक लघुवित्त,कर्पोरेट डेभलपमेन्ट बैंक,सिक्लेस हाईड्रोपावर,सप्तकोशी डेभलपमेन्ट बैंक र धौलागिरी लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ८.४६ प्रतिशत,दोल्ती पावरको ८.१० र युनाइटेड इदी मदीको ७.४० प्रतिशतले बढ्यो ।  

यो दिन सुपर मादी हाईड्रो र मन्दाकिनी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । जानकी फाइनान्सको सेयरमूल्य आज ७.४७ प्रतिशत,पोखरा फाइनान्सको ५.७४ र नेपाल फाइनान्सको सेयरमूल्य ४.७४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.