शनिबार, पुष २७,२०८१ 12:30:10
IME remit
  • शनिबार, पुष २७,२०८१ 12:30:10
IME remit
Global IME Bank Limited

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

Hyundai Nepal
२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । 

बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.४९ प्रतिशत र निर्जीवन बीमा समूह ०.६१ प्रतिशतले बृद्धि भएको छ । बीमा समूह बढ्दा आज २२ वटा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६२ प्रतिशतले बढेर १३१५ रुपैयाँ पुगेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै, नेपाल लाइफको १.५२ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.४० प्रतिशत, सन नेपाल लाइफको १.३८ प्रतिशत, हिमालयन एभरेष्टको १.३१ प्रतितशत, नेशनल लाइफको १.३० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.१७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १ प्रतिशत, एशियन लाइफको ०.८० प्रतिशत, सुर्यज्योति लाइफको ०.७३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.७१ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै आइजीआई प्रुडेन्सियलको ०.६५ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४८ प्रतिशत, सानिमा जिआइसीको ०.४७ प्रतिशत, आइएमई लाइफको ०.४१ प्रतिशत, आरबीसीएलको ०.४१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३४ प्रतिशत, युनाइटेड अजोडको ०.३१ प्रतिशत, हिमालयन लाइफको ०.२१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१० प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ । आज चारवटा बीमा कम्पनीको भने सेयरभाउ घटेको छ । 

Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ०.९८ प्रतिशतले घटेर २०२३ रुपैयाँ कायम भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ०.४० प्रतितश, नेको इन्स्योरेन्सको ०.३३ प्रतिशत र सिटिजन लाइफको ०.१४ प्रतिशतले सेयरभाउ घटेको छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.