सोमबार, श्रावण १८,२०८३ 11:45:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:45:07
Bizshala
Global IME Bank Limited

नेप्सेमा आजपनि हुन सकेन सुधार, जानकार भन्छन्, ‘उधारो कारोबार मुख्य कारण’

नेप्सेमा आजपनि हुन सकेन सुधार, जानकार भन्छन्, ‘उधारो कारोबार मुख्य कारण’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.२२ अंकले घटेर २ हजार ७५७.९७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर ५ अर्ब २ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘अहिले बजार घट्नुको मुख्य कारण भनेको उधारो कारोबार नै हो । उधारो कारोबारले गर्दा नै ब्रोकरहरु जेलसम्म जानुपर्यो । त्यही कारण २६ अर्ब पुगेको कारोबार यतिबेला ५ अर्बमा सीमित बनेको छ । यो भनेको बजारमा नयाँ पैसा नआउनु हो ।’

राष्ट्र बैंकले बैंकहरुलाई दोस्रो बजारमा कारोबार गर्न सहजिकरण नगरेसम्म र २५ करोडको क्याप पूर्ण रुपमा नहटेसम्म बजारमा ठूलो लगानी नभित्रिने उनले बताए । नेप्सेले सुरु गरेको अन्तिम १५ मिनेटको भारित औषत मूल्यले लगानीकर्तामा मनोवैज्ञानिक असर परेपनि यही कारणले मात्रै बजार घटेको भन्न नमिल्ने उनले स्पष्ट पारे ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले बजार घट्नुमा दुई–तीनवटा कारण रहेको बताए । ‘उच्च मूल्यमा खरिद गरेकाहरु बजार नछिर्नु, बेचेकाहरु अझै घट्छ भनेर कुरेर बस्नु, विभिन्न अटो शोमा लगानीकर्ता आकर्षित हुनु र ब्रोकरहरुले पनि केही टाइट गर्दा बजार घट्न पुगेको हो,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटाबाहेक अन्य सबैमा रातो पोतियो । आज निर्जीवन बीमा समूह मात्रै बढ्यो । यो समूह आज ०.१९ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात ०.८३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक ०.६४, फाइनान्स ०.४७, होटल ०.६९, हाईड्रो ०.४१, लगानी ०.२०, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.०९, लघुवित्त ०.२१, म्युचुअल फण्ड ०.०६ र अन्य समूह ०.५८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ९ लाख बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २० करोड ९ लाख, बलेफि हाईड्रोको १४ करोड १९ लाख, बुटवल पावरको १३ करोड ४६ लाख र हिमालयन डिष्ट्रलरीको १३ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विकाश हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो ।  

सामुदायिक लघुवित्तको सेयरमूल्य पनि आज ५.३७ प्रतिशत, रसुवागढी हाईड्रोपावरको २.८६ र युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य २.६६ प्रतिशतले बढ्यो ।  

जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.६५ प्रतिशतले घट्यो । यसैगरी सयपत्री हाईड्रोको सेयरमूल्य ४.५३ प्रतिशत र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ३.०८ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.