बुधबार, असार ४,२०८२ 08:56:16
  • बुधबार, असार ४,२०८२ 08:56:16
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा कारोवारी हाबी’

Hyundai Nepal
झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा कारोवारी हाबी’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०४ प्रतिशत अर्थात १.०७ अंकले घटेर २ हजार ६५३.६८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ४५२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘अहिले बजारमा अल्पकालिन लगानीकर्ता हाबी भएका छन् । लगानीकर्तामा केही जलविद्युत कम्पनीमा विशेष आकर्षण देखिन्छ । अहिले असारको महिनापनि भएको हुँदा बजार साइडवेजमा चलिरहेको छ । ’

उनले पूँजीबजारमा अझैपनि नीतिगत उल्झन बाँकी नै रहेको बताए । बैंक तथा संस्थागत लगानीकर्ता भित्रिए र व्यक्तिगततर्फको १५ करोडको सीमा हट्न आवश्यक रहेको उनले औंल्याए । यद्यपी विगतमा झै जुलाईबाट बजारले गति लिनेमा उनी ढुक्क देखिए ।  

अर्का बजार जानकार एसपी चौलागाईको विचारपनि हाल बजार साइडवेजमै रहेको छ । ‘हाल बजारमा अपरेटरहरुले चलाएका केही सीमित स्टकहरु मात्रै चलेका छन् । बजारमा असारको प्रभाव पनि देखिन्छ । यसैबीच केही लगानीकर्ता बजार प्रवेश गर्ने जमर्को समेत गर्दैछन्’ उनले भने ।  

वित्त नीतिलाई सहयोग हुने गरी मौद्रिक नीति आउने कुरा गभर्नरले गरिरहेकाले बजारमा आश गर्ने ठाँउ भने बाँकी रहेको उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ समूहमा हरियाली छायो भने अन्य ७ वटामा रातो पोतियो । आज हाईड्रो समूह ०.५३ प्रतिशत, लगानी ०.०२, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.३९, म्युचुअल फण्ड ०.३० र अन्य समूह ०.२९ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७१ करोड ७८ लाख बढीको सेयर कारोबार भयो । यस्तै सिंगटी हाईड्रोको ६१ करोड ८० लाख,बुटवल पावरको ४५ करोड ३२ लाख, ङादी ग्रुप पावरको ३७ करोड ९२ लाख र युनियन हाईड्रोको ३० करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै सर्किट लाग्यो । आज पियोर इनर्जी र जोशी हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

युनियन हाईड्रोको सेयरमूल्य पनि आज ९.२२ प्रतिशत, सिंगटी हाईड्रोको ८.०९ र पन्चकन्या हाई हाईड्रोको सेयरमूल्य ८.०५ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको गिरावट आयो ।  

यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.३९ प्रतिशत,ग्रिन डेभलपमेन्ट बैंकको ३.८६ र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.१० प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.