बिहीबार, बैशाख ३१,२०८३ 07:10:43
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:10:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

Laxmi Sunrise Bank Limited
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसमूह घटेका छन् । जीवन बीम समूह ०.७६ प्रतिशत र निर्जीवन बीमा समूह ०.६२ प्रतिशतले घटेको छ । आज तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सपेयभाउ २.१४ प्रतिशतले बढेर १७२७ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.५९ प्रतिशतले बढेर ५८० रुपैयाँ र आरबीसीएलको सेयरभाउ ०.०५ प्रतिशतले बढेर १४ हजार ६९९ रुपैयाँ पुगेको छ । 

यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.३३ प्रतिशतले घटेर २४४० रुपैयाँ कायम भएको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, एशियन लाइफको १.१७ प्रतिशत, सिटिजन लाइफको ०.७६ प्रतिशत, हिमालयन लाइफको ०.६६ प्रतिशत, आइएमई लाइफको ०.६१ प्रतिशत, एलआइसी नेपालको ०.३२ प्रतिशत, नेपाल लाइफको ०.३९ प्रतिशत, नेशनल लाइफको १.३१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.६३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६६ प्रतिशत, सूर्यज्योति लाइफको ०.७३ प्रतिशत, सन नेपाल लाइफको १.०२ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.१३ प्रतिशतले घटेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै यता निर्जीवन बीमातर्फ आइजीआई प्रुडेन्सियलको १.५५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४९ प्रतिशत, एनएलजीको १.८९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४९ प्रतिशत, सलिकोको १.३४ प्रतिशत, सानिमा जिआइसीको ०.८५ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.२५ प्रतिशत र युनाइटेड अजोडको ०.४४ प्रतिशतले घटेको छ । 

त्यस्तै, हिमालयन रि को सेयरभाउ १.२२ प्रतिशतले घटेर ९.३५ रुपैयाँ कायम भएको छ भने नेपाल रि को सेयरभाउ १.६९ प्रतिशतले घटेर १२५९ रुपैयाँ कायम भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.