सोमबार, श्रावण १८,२०८३ 11:40:52
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:52
Bizshala
Global IME Bank Limited

लगातार ५ दिन घट्यो नेप्से, कारोबार पनि सुस्तायो

लगातार ५ दिन घट्यो नेप्से, कारोबार पनि सुस्तायो
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३२ अंकले घटेर २ हजार ६६९.८२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४५४.९१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा स्क्रिप्टको ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ५ अर्ब ६२ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘बजार अहिले साइडवेज नै चलिरहेको छ । सरकारको स्थायित्वको विषयलाई लिएर अन्यौलता छाएको छ । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएता पनि नयाँ कार्यक्रम केही पनि आएको छैन । मार्जिन ट्रेडिङ र बैंकलाई लाइसेन्स दिने विषय ओझेलमा नै परेका छन् । यही कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति लिन नसकेको हो ।’

यद्यपी आज भोल्युम ड्राई अप भएका कारण लगानीकर्ताले घटेर बेच्न नचाहेको उनले बताए । बजारमा तरलता अधिक भएकाले केही दिनमा बजारले फेरि गति लिन सक्नेमा उनी ढुक्क देखिए ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले पनि राजनीतिक अन्यौलता कै कारण बजारले गति लिन नसकेको बताउँछन् । ‘यसका साथै पुस र माघ महिना अफ सिजन भएकाले लगानीकर्ता घटेर बेच्न नचाहँदा र बढेर खान पनि नचाहेको कारण बजारले गति लिन नसकेको हो ।’

उनले केही दिनमा राजनीतिक माहोल सकारात्मक हुँदै गएमा बजारले पुनः गति लिने बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.३३ प्रतिशतले बढ्यो । होटल समूह आज ०.२८ प्रतिशत,लघुवित्त ०.१३ र व्यापार समूह ०.३० प्रतिशतले बढ्यो  

जीवन बीमा समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज १ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१५,विकास बैंक ०.५२,वित्त ०.७१,हाईड्रो ०.३३,लगानी ०.७९म्युचुअल फण्ड ०.१७ र निर्जीवन बीमा ०.१९ प्रतिशतले घट्यो ।  

आज अन्य समूह पनि ०.१६ अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड ९६ लाख बढीको कारोबार भयो । सानिमा माई हाईड्रोको आज १८ करोड ७६ लाख, जानकी फाइनान्सको १७ करोड १७ लाख,हिमालयन डिष्टिलरीको ११ करोड २७ लाख र नेपाल एसबिआई बैंकको १० करोड ७८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज जोशी हाईड्रोको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ७.६७ प्रतिशतले बढ्यो । खानीखोला हाईड्रोको सेयरमूल्य आज ७.५३ प्रतिशत,गणपति लघुवित्तको ६.९१ र उपकार लघुवित्तको ६.२७ प्रतिशतले बढ्यो ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले घट्यो । एलआईसी नेपालको सेयरमूल्य पनि आज ३.५९ र सपोर्ट माइक्रोफाइनान्सको २.८४ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.