सोमबार, श्रावण १८,२०८३ 11:39:53
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:53
Bizshala
Global IME Bank Limited

परिसूचक र कारोबार दुवै घट्यो, जानकार भन्छन्,‘करेक्सनले बजार अझै मजबुत बन्छ’

परिसूचक र कारोबार दुवै घट्यो, जानकार भन्छन्,‘करेक्सनले बजार अझै मजबुत बन्छ’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ८.१८ अंकले घटेर २ हजार ९२३.४६ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ५११.१५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड २७ लाख २७ हजार २९८ कित्ता सेयर २१ अर्ब ४८ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ । अघिल्लो दिन २७ अर्ब बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्,  ‘लगातार बढेको बजारमा आजको गिरावटलाई सामान्य नाफा बुक मान्न सकिन्छ र यो स्वभाविक पनि हो । बढ्दो बजारमा नयाँ लगानीकर्ता पसेका कारण कारोबारले नयाँ–नयाँ  उचाई लिएको थियो । आज बजार केही सुस्त मात्रै भएको हो । अहिले डराइहाल्नु पर्ने अवस्था छैन ।’  

उनले सानो–सानो करेक्सनले बजार मजबुत नै हुने बताए ।  

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि आजको करेक्सन स्वभाविक र बजारका लागि राम्रो भएको बताए । ‘आज अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । यो भनेको लगानीकर्ताले सेयरमूल्य घटाएर बेच्न नचाहेको हो ।’

२–४ दिन बजारमा करेक्सन आएतापनि यसले बजारलाई बलियो नै बनाउने घिमिरेले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज वित्त समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.५७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.४५,लगानी ०.०८,जीवन बीमा ०.५४ र व्यापार समूह ०.०६ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८१ करोड ९९ लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख,शिवम् सिमेन्टको ४४ करोड ४२ लाख,अपि पावर कम्पनीको ४२ करोड ६९ लाख र अरुण भ्याली हाईड्रोको ४२ करोड १ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज मातृभूमि लघुवित्त,पिपुल्स पावर,दोल्ती पावर कम्पनी,गूडविल फाइनान्स,न्यादी हाईड्रोपावर, मिड सोलु हाईड्रोपावर,शुभम् पावर र विन्द्यवासिनी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

आज नेपाल फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९३ प्रतिशतको गिरावट आयो । यस्तै सगरमाथा जलविद्युतको सेयरमूल्य ७.११,आत्मनिर्भर लघुवित्तको ६.९४ र मैलुङ खोला जलविद्युतको सेयरमूल्य ६.०२ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.