आईतवार, असार १५,२०८२ 09:56:36
  • आईतवार, असार १५,२०८२ 09:56:36
Global IME Bank Limited

परिसूचक र कारोबार दुवै घट्यो, जानकार भन्छन्,‘करेक्सनले बजार अझै मजबुत बन्छ’

Hyundai Nepal
परिसूचक र कारोबार दुवै घट्यो, जानकार भन्छन्,‘करेक्सनले बजार अझै मजबुत बन्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ८.१८ अंकले घटेर २ हजार ९२३.४६ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ५११.१५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड २७ लाख २७ हजार २९८ कित्ता सेयर २१ अर्ब ४८ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ । अघिल्लो दिन २७ अर्ब बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्,  ‘लगातार बढेको बजारमा आजको गिरावटलाई सामान्य नाफा बुक मान्न सकिन्छ र यो स्वभाविक पनि हो । बढ्दो बजारमा नयाँ लगानीकर्ता पसेका कारण कारोबारले नयाँ–नयाँ  उचाई लिएको थियो । आज बजार केही सुस्त मात्रै भएको हो । अहिले डराइहाल्नु पर्ने अवस्था छैन ।’  

उनले सानो–सानो करेक्सनले बजार मजबुत नै हुने बताए ।  

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि आजको करेक्सन स्वभाविक र बजारका लागि राम्रो भएको बताए । ‘आज अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । यो भनेको लगानीकर्ताले सेयरमूल्य घटाएर बेच्न नचाहेको हो ।’

२–४ दिन बजारमा करेक्सन आएतापनि यसले बजारलाई बलियो नै बनाउने घिमिरेले दाबी गरे ।    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज वित्त समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.५७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.४५,लगानी ०.०८,जीवन बीमा ०.५४ र व्यापार समूह ०.०६ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८१ करोड ९९ लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख,शिवम् सिमेन्टको ४४ करोड ४२ लाख,अपि पावर कम्पनीको ४२ करोड ६९ लाख र अरुण भ्याली हाईड्रोको ४२ करोड १ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज मातृभूमि लघुवित्त,पिपुल्स पावर,दोल्ती पावर कम्पनी,गूडविल फाइनान्स,न्यादी हाईड्रोपावर, मिड सोलु हाईड्रोपावर,शुभम् पावर र विन्द्यवासिनी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

आज नेपाल फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९३ प्रतिशतको गिरावट आयो । यस्तै सगरमाथा जलविद्युतको सेयरमूल्य ७.११,आत्मनिर्भर लघुवित्तको ६.९४ र मैलुङ खोला जलविद्युतको सेयरमूल्य ६.०२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.