सोमबार, श्रावण १८,२०८३ 11:54:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:54:48
Bizshala
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि, कारोबार भने घट्यो

नेप्सेमा झिनो वृद्धि, कारोबार भने घट्यो
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.४७ अंकले बढेर २ हजार ६५५.८५ विन्दुमा पुग्यो ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेर ४५३.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

गत बिहिबार भने बजारमा १२ अर्ब ५१ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘आज उत्पादन तथा प्रशोधन र हाईड्रो जस्ता समूहमा केही वृद्धि देखिएको छ । यद्यपी सबै समूह भने चल्न सकेन । बजार यतिबेला खासै बढ्न र घट्न पनि नसकेको अवस्था देखिन्छ । तर बजारलाई कारोबारको भने साथ रहेको छ ।’

यसले बजारमा कुनैपनि बेला मुभमेन्ट आउन सक्ने उनले बताए ।  

अर्का बजार जानकार सरोज भट्टराईले बजारमा केही समययता ट्रेण्ड परिवर्तन भएको र लगानीकर्ता भन्दा कारोबारी हाबी भएको बताए । बजारमा प्रविधिले फड्को मार्दै गर्दा लगानीकर्ता छिटो छिटो कमाउन लागि परेको र समग्र बजार साइडवेजमै चलेको उनले बताए ।  

‘आईपीओ निष्कासन पनि बढ्दै गरेकाले यसका लागि पैसा जोहो गर्न लगानीकर्ताले सेयर बिक्री गरिरहेकोृ पनि हुन सक्छन्,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात १.४७ प्रतिशतले बढ्यो ।  

यस्तै विकास बेंक समूह ०.४८ प्रतिशत,हाईड्रो ०.९६, निर्जीवन बीमा ०.०७ र व्यापार समूह १.०८ प्रतिशतले बढ्यो ।  

लगानी समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज ०.७६ अंकले घट्यो । बैंकिङ समूह पनि आज ०.४४ प्रतिशत,फाइनान्स ०.५९,जीवन बीमा ०.५४,लघुवित्त ०.३१,म्युचुअल फण्ड ०.४१, होटल ०.०६ र अन्य समूह ०.४६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८९ करोड १ लाख,ङादी ग्रुप पावरको ८७ करोड २० लाख,बुटवल पावरको ६४ करोड ६० लाख, राधी विद्युतको ५० करोड ७४ लाख र माउन्टेन हाईड्रोको ५० करोड ३८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ग्रिन डेभलपमेन्ट बैंक,पियोर ्रइनर्जी,छ्याङदी हाईड्रो र बरुण हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

युनियन हाईड्रोको सेयरमूल्य पनि आज ९.३४ प्रतिशत,राप्ती हाईड्रोको ७.२७ र सानिमा मिडिल तमोरको सेयरमूल्य ६.९९ प्रतिशतले बढ्यो ।  

नेपाल हाईड्रो डेभलपरको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ४.४३ प्रतिशतले घट्यो । मिड सोलु हाईड्रोको सेयरमूल्य पनि आज ३.८४ र दोल्ती पावरको सेयरमूल्य ३.४० प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.