बिहीबार, बैशाख ३१,२०८३ 07:09:41
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:09:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल रि सहित ७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सानिमा रिलायन्स

Laxmi Sunrise Bank Limited
नेपाल रि सहित ७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सानिमा रिलायन्स
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ५० लाख ६४ हजार ०३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपेयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक राताम्य छन् । जीवन बीमा समूह ०.३० प्रतिशत र निर्जीवन बीमा समूह ०.३० अंकले घटेको छ ।  

बीमा समूहका दुईवटै उपसूचक घटेपनि ७ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य १.६६ प्रतिशतले बढेर ७७५.८० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नेपाल रि को १.१० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.०५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५३ प्रतिशत, आरबीसीएलको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१९ प्रतिशत र नेशनल लाइफको ०.०६ प्रतिशतले सेयरभाउ बढेको छ ।  

Bizshala
New Office
CG Motors

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरमूल्य १.६१ प्रतिशतले घटेर ४२७ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सिद्धार्थ प्रिमियरको १.१९ प्रतिशत, हिमालयन रि को १.०६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९० प्रतिशत, सुर्यज्योति लाइफको ०.७७ प्रतिशत, शिखरको ०.७३ प्रतिशत, एशियन लाइफको ०.४६ प्रतिशत, युनाइटेड अजोडको ०.३७ प्रतिशत, सन नेपाल लाइफको ०.३४ प्रतिशत, एनएलजीको ०.३० प्रतिशत, आइएमई लाइफको ०.२६ प्रतिशत, सलिकोको ०.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१५ प्रतिशत र नेपाल लाइफको ०.०९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.