शनिबार, असार १४,२०८२ 06:31:23
  • शनिबार, असार १४,२०८२ 06:31:23
Global IME Bank Limited

बजारमा दोहोरो अंकको सुधार,कारोबारमा भने गिरावट

Hyundai Nepal
बजारमा दोहोरो अंकको सुधार,कारोबारमा भने गिरावट
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १४.५७ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ०७६.२७ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ३७९.२८ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ७४ लाख ९१ हजार ३०३४ कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्,‘आज बजार दोहोरो अंकले बढेको छ । आज बजारमा कारोबार घटेको छ । यसको अर्थ लगानीकर्ताले सेयर बेच्न नचाहेको हो । आज दिनभर नै बजार खासै घट्न मानेन । अपर तामाकोशीको ११ अर्बबराबरको पैसा बजारमा फिर्ता आउँदैछ । यसले बजारलाई सकारात्मक नै बनाउनेछ ।’

प्राविधिक रुपमा पनि  यदि बजार यहि बाट फर्कियो भने पनि बजार २५०० सम्म पुग्ने थापाले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्ट भन्छन्‘राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा केहि लचिलो ल्याउने भन्ने सुन्नमा आएको छ । अहिले तरलता फालाफाल छ र ब्याजदर पनि घट्दो अवस्थामा छ । यहि कारणले बजार सकारात्मक नै हुने देखिन्छ । ’

यो दिन १३ वटा उपसूचकमध्ये ४ वटामा गिरावट आएको छ भने अन्य सबै उपसूचकमा हरियाली छाएको छ । आज अन्य उपसूचकमा सर्वाधिक अर्थात ४.६८ प्रतिशतले बढेको छ ।  

त्यसैगरी,बैंकिङ उपसूचक ०.१४,विकास बैंक ०.६५,वित्त ०.३४,हाईड्रो ०.५३,लगानी ०.५०,जीवन बीमा ०.१८,लघुवित्त ०.४८ र व्यापार उपसूचक ०.१४ प्रतिशतले बढे ।  

आज होटल उपसूचक ०.२०,उत्पादन तथा प्रशोधन ०.०९,म्युचुअल फण्ड ०.०६ र निर्जीवन बीमा उपसूचक ०.४१ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५९ लाख बढीको कारोबार भयो ।  

त्यस्ते ङादी ग्रुप पावरको १५ करोड ४६ लाख,हाथवे इ्रन्भेष्टमेन्टको ८ करोड २३ लाख,चन्द्रागिरी हिल्सको ५ करोड ९९ लाख र रिडी पावरको ५ करोड ५५ लाख बढीको सेयर कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये एनटीसी,पिपुल्स पावर,समाज लघुवित्त र जोशी हाईड्रोको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ ।  

आज स्वाभिमान लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ६.७८ प्रतिशतले घटेको छ ।  

त्यसैगरी विशाल बजार कम्पनीको सेयरमूल्य ५.३६ प्रतिशत,चन्द्रागिरी हिल्सको ३.८३ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ३.५८ प्रतिशतले ओरालो लागेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.