बुधबार, असार १०,२०८३ 02:26:32
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:26:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबचे हुँदा ३ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१९ प्रतिशत र निर्जीवन बीमा समूह ०.२७ प्रतिशतले घटेको छ । आज ७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा आरबीसीएल रहेको छ । कम्पनीको सेयरभाउ १.९७ प्रतिशतले बढेर १४ हजार ९९० रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, सिद्धार्थ प्रिमियरको ०.४६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.९३ प्रतिशत, हिमालयन लाइफको ०.३२ प्रतिशत, नेपाल लाइफको ०.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.५२ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.४९ प्रतिशलते बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.८२ प्रतिशतले घटेर १२६४ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, हिमालयन एभरेष्टको १.४४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७६ प्रतिशत, एनएलजीको ०.५७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३१ प्रतिशत, सलिकोको ०.८२ प्रतिशत, सानिमा जिआइसीको ०.२२ प्रतिशत, शिखरको श०.५५ प्रतिशत र युनाइटेड अजोडको ०.८९ प्रतिशतले घटेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै एशियन लाइफको १.६८ प्रतिशत, सिटिजन लाइफको १.०८ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८१ प्रतिशत, एलआइसी नेपालको ०.४७ प्रतिशत, नेशनल लाइफको १.२४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६२ प्रतिशत, सूर्यज्योति लाइफको ०.१४ प्रतिशत, सन नेपाल लाइफको ०.९१ प्रतिशत, हिमालयन रि को ०.०५ प्रतिशत र नेपाल रि को ०.६१ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.