सोमबार, श्रावण १८,२०८३ 11:53:37
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:53:37
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘अपेक्षाअनुरुप मौद्रिक नीतिको समीक्षा आएन’

सेयरबजारमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘अपेक्षाअनुरुप मौद्रिक नीतिको समीक्षा आएन’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.१६ प्रतिशत अर्थात ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले घटेर ४५५.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर ४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन भने ७ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरममा उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आजको बजार घट्नु सामान्य करेक्सन मात्रै हो । गत साताभरी बढेको बजारमा हिजो र आज सामान्य करेक्सन देखिएको छ, तर यसलाई बजार घटेर तल गएको भन्न मिल्दैन । बजारमा करेक्सन देखिनु नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षा पनि एक हो । लगानीकर्ताहरुले मौद्रिक नीति समिक्षामार्फत बैंकहरुको सेयर कारोबारमा सहज नीति आउने ठूलो अपेक्षा राखेका थिए तर अपेक्षा गरेअनुसार नआएपछि लगानीकर्ताको मनोबल खस्किएको हो । तर मौद्रिक नीतिलाई समग्रमा हेर्दा राम्रै आएको छ । बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर समान बनाइएको छ । बजार बढ्नका लागि थुप्रै सकारात्मक आधारहरु छन् तर लगानीकर्ताहरुले धेरै अपेक्षा गर्दा बजारले लय लिन सकिरहेको छैन ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.९१ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.२६, हाईड्रो ०.२२, उत्पादन तथा प्रशोधन ०.३० र लघुवित्त समूह ०.६१ प्रतिशतले बढ्यो ।

यस्तै आज लगानी समूह सर्वाधिक अर्थात ०.७३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६८ प्रतिशत, होटल ०.०४, जीवन बीमा ०.५१, म्युचुअल फण्ड ०.१७, अन्य ०.१८ र व्यापार समूह ०.१० प्रतिशतले घट्यो । निर्जीवन बीमा समूह पनि आज ०.६५ अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनाइटेड मोदी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड १० लाख बढीको सेयर कारोबार भयो ।

यस्तै हिमालयन रि इन्स्योरेन्सको १५ करोड ३८ लाख, बन्दिपुर केवलकारको १४ करोड ६७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ५४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी  र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै ग्रिन भेन्चर्सको सेयरमूल्य ९.३१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ६.६६, मनकामना इन्जिनियरिङ हाईड्रोको ५.४४ र युनाइटेड मोदी हाईड्रोको सेयरमूल्य ४.४० प्रतिशतले बढ्यो ।

यो दिन बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य सर्वाधिक अर्थात ३.९४ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.