मंगलवार, असार १६,२०८३ 04:53:29
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:53:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कारोबार बढेपनि नेप्से परिसूचक भने घट्यो, फाइनान्स समूहमा देखियो आकर्षण

Laxmi Sunrise Bank Limited
कारोबार बढेपनि नेप्से परिसूचक भने घट्यो, फाइनान्स समूहमा देखियो आकर्षण

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १२.६० अंकले घटेर २ हजार ६६१.०८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४८.६३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर ११ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

New Office
CG Motors
Garima Development Bank

आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन १० अर्ब ५१ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार अर्जुन थापा भन्छन्,  ‘आज विशेषतः दुई–तीनवटा कारणले बजारमा गिरावट आएको छ । गभर्नर विषयको टुङ्गो नलाग्नु, राजनीतिक गति शिथिल हुनु र लगानीकर्ताको मनोबल नबढ्दा बजार घट्न पुगेको छ । यद्यपी यो लगानीको सिजन भएकाले दीर्घकालका लागि भने बजार बुलिस नै देखिन्छ ।’

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले अघिल्लो दिन ठूलो अंकले बजार बढेकाले आजको गिरावटलाई सामान्य करेक्सन मान्न सकिने बताए । ‘गभर्नर नियुक्ति चाडै हुने र सस्तो ब्याजदर र अधिक तरलताका कारणले पनि बजारले गति लिनेमा विश्वास गर्न सकिन्छ ।’

ब्याज बचत र विद्युत आयोजनामा जलाशयको मात्रा बढेकाले हाईड्रोमा चमक आउने उनले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । फाइनान्स समूहमा आज सर्वाधिक उछाल आयो । यो समूह आज ४.१६ प्रतिशतले बढ्यो ।  

यस्तै होटल समूह ०.१३, जीवन बीमा ०.०३, उत्पादन तथा प्रशोधन ०.११,लघुवित्त ०.१३ र म्युचुअल फण्ड ०.०८ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात १.८८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.७८ प्रतिशत, विकास बैंक १.१२, लगानी ०.३४,निर्जीवन बीमा ०.२४ र व्यापार समूह १.८५ प्रतिशतले घट्यो ।  

हाईड्रो समूह पनि आज ०.११ अंकले घट्यो ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७८ करोड ४५ लाख बढीको कारोबार भयो । सानिमा माई हाईड्रोको पनि आज ६५ करोड ४९ लाख,युनिभर्सल पावरको ५७ करोड १ लाख र राधी विद्युत कम्पनीको ४३ करोड ३९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स,क्रेष्ट माइक्रो लाइफ,छ्याङदी हाईड्रो र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

आईसीएफसी फाइनान्सको सेयरमूल्य पनि ९.५६ प्रतिशत,जानकी फाइनान्सको ६.४८ र मन्जुश्री फाइनान्सको सेयरमूल्य ६.४२ प्रतिशतले बढ्यो ।  

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको मूल्य ७.०६ प्रतिशतले ओरालो लाग्यो । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.३६ प्रतिशत,सिन्धु विकास बैंकको ४.८३ र इष्टर्न हाईड्रोपावरको सेयरमूल्य ४.७२ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.