Bizshala
  • बिहीबार, पुष १७,२०८२ 11:51:22
Bizshala
Global IME Bank Limited

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

Hyundai Nepal
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३१ कम्पनीको १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका बढेको छ ।

जीवन बीमा समूह ०.५० प्रतिशत र निर्जीवन बीमा समूह ०.०५ प्रतिशतले बढेको छ । बीमा समुह बढ्दा आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४ प्रतिशतले बढेर १३२६ रुपैयाँ पुगेको छ । 

CG Motors
Bizshala
Garima Development Bank

त्यस्तै, आइजीआई प्रुडेन्सियलको १.३२ प्रतिशत, नेपाल इन्स्योरेन्सले ०.१९ प्रतिशत, नेको इन्स्योरेन्सले ०.०७ प्रतिशत, आरबीसीएलको ०.०४ प्रतिशत, सानिमा जिआइसीको ०.२९ प्रतिशत, सिटिजन लाइफको ०.४१ प्रतिशत, आइएमई लाइफको ०.८६ प्रतिशत, एलआइसी नेपालको २.१४ प्रतिशत, नेपाल लाइफको ०.४९ प्रतिशत, नेशनल लाइफको ०.७६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८३ प्रतिशत, सूर्यज्योति लाइफको ०.४३ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.३६ प्रतिशतले बढेको छ । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit

साथै, आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६७ प्रतिशतले घटेर ४५२.३० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, हिमालयन एरभेष्टको ०.१८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७० प्रतिशत, सलिकोको ०.१७ प्रतिशत, शिखरको ०.४७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.३९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.२७ प्रतिशत, हिमालयन लाइफको ०.२१ प्रतिशत, सन नेपाल लाइफको ०.१६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६३ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.७७ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.