काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.९८ प्रतिशत र निर्जीवन बीमा समूह १.१० प्रतिशतले घटेको छ । दुबै समूह घट्दा आज ५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ५.८६ प्रतिशतले बढेर १२४०.१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.१५ प्रतिशत, सन नेपाल लाइफकाmे २.०८ प्रतिशत, नेपाल पुनर्बीमा २.४५ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको ४.१४ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.०२ प्रतिशतलते घटेर ७०३.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.५६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.६४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३४ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०९ प्रतिशत, आरबीसीएलको ०.२४ प्रतिशत, सलिकोको २.३० प्रतिशत, सानिमा जिआइसीको ०.१५ प्रतिशत, शिखरको २.६९ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.०५ प्रतिशत, युनाइटेड अजोडको १.५० प्रतिशत र हिमालयन रि को १.३५ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै एशियन लाइफको १.७४ प्रतिशत, सिटिजन लाइफको २.१५ प्रतिशत, हिमालयन लाइफको २.६० प्रतिशत, आइएमई लाइफको १.१६ प्रतिशत, नेपाल लाइफको १.७१ प्रतिशत, नेशनल लाइफको ०.५१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.४६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८० प्रतिशत, सूर्यज्योति लाइफको १.२६ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.५० प्रतिशतले घटेको छ ।