सोमबार, श्रावण १८,२०८३ 11:51:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:51:21
Bizshala
Global IME Bank Limited

नेप्से परिसूचकमा उच्च गिरावट, जानकार भन्छन्, ‘राजनीतिक अस्थिरता मुख्य कारण’

नेप्से परिसूचकमा उच्च गिरावट, जानकार भन्छन्, ‘राजनीतिक अस्थिरता मुख्य कारण’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३.०५ प्रतिशत अर्थात ७८.८३ अंकले घटेर २ हजार ५०३.३५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६४ प्रतिशतले घटेर ४३९.४० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अर्थशास्त्री तथा सेयर विज्ञ सूर्यनारायण पौडेल भन्छन्, ‘आजको बजार उच्च अंकको घट्नुको मुख्य कारण भनेकै राजनीतिक अस्थिरता हो । जबसम्म देशमा राजनीतिक अस्थिरता कायम रहन्छ तबसम्म बजारले लय लिन सक्दैन । त्यसमाथि दशैं तिहार चाडपर्वको समयमा सेयरबजार खासै बढ्ने सिजन पनि होइन । नेपाल राष्ट्र बैंकले सेयरबजारको लागि खुकुलो नीति ल्याएपनि देशको राजनीतिक अस्थिरताले गर्दा लगानीकर्तामा मनोबल बढ्न सकेको छैन, जसकारण बजारमा ठूलो अंकको गिरावट आएको छ ।’

अर्का बजार जानकार नयन बास्तोला पनि राजनीतिक अस्थिरता र सरकारी निकाय तथा नियामक निकायहरुले गहकिलो नीति नल्याएको र भएका नीति तथा नियम कार्यान्वयन नगर्दा सेयरबजार बढ्न नसकेको बताउँछन् । ‘देशको आर्थिक सूचकांकहरु सबै सकारात्मक भए बाबजुत पनि लगानीकर्ताहरुमा नैराश्यता छाउँदा बजार बढ्न सकेको हो, उनले भने, ‘पटक–पटक सरकार परिवर्तन र बनेका कानूनहरु पनि कार्यान्वय नहुँदा सेयरबजारले लय लिन सकेको छैन, जबसम्म स्थिर सरकार र बनेका नियम कानूनहरु पूर्ण रुपमा कार्यान्वयन हुँदैन सेयरबजार यस्तै अवस्थामा रहन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात ४.८४ प्रतिशतले घट्यो ।  

यस्तै बैंकिङ समूह २.३० प्रतिशत, विकास बैंक २.९३, फाइनान्स ३.६७, , हाईडो ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, लघुवित्त २.८८, म्युचुअल फण्ड ०.९९, निर्जीवन बीमा २.३२,अन्य ४.७९ र व्यापार समूह २.८५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड ७ लाख, एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख, युनियन हाईड्रोपावरको ३६ करोड ३३ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ४६ लाख र सीईडीबी होल्डिङको २२ करोड ४१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज नेपाल माईक्रो इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ६.०१ प्रतिशतले बढ्यो । पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य पनि आज ४.९० प्रतिशत र क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य १.८२ प्रतिशतले बढ्यो ।  

बुटवल पावर कम्पनी आज सर्वाधिक गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीका लगानीकर्ता आज ९.२७ प्रतिशतले गुमाए । 

 यसैगरी, नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ९.१५ प्रतिशत, राधी विद्युत कम्पनीको ८.५०, सीईडीबी होल्डिङ्ग्सको ८.४५ र विन्ध्यवासिनी हाईड्रोपावरका लगानीकर्ताले ८.२७ प्रतिशतले गुमाए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.