शुक्रबार, श्रावण २९,२०८३ 04:30:47
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 04:30:47
Bizshala
Global IME Bank Limited

अन्तिम कारोबार दिन सामान्य घट्यो सेयरबजार, कारोबार रकम भने बढ्यो

Prabhu Bank Limited
अन्तिम कारोबार दिन सामान्य घट्यो सेयरबजार, कारोबार रकम भने  बढ्यो
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२७ प्रतिशत अर्थात ७.३७ अंकले घटेर २ हजार ६४३.८३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले बढेर ४६४.७३ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३४४ वटा स्क्रिप्टको ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २७ करोड ५६ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ७२ करोड ३३ लाख बढीको सेयर कारोबार भएको थियो ।

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ०.४४ प्रतिशतले बढ्यो । यस्तै जीवन बीमा समूह ०.२७ प्रतिशत, लघुवित्त ०.२८ र म्युचुअल फण्ड ०.२४ प्रतिशतले बढ्यो ।  ।

आज व्यापार समूह सर्वाधिक अर्थात २.५७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ ०.१४ प्रतिशत, विकास बैंक ०.३३, फाइनान्स ०.७३, होटल ०.३३, हाईड्रो ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८ र निर्जीवन बीमा ०.४३ प्रतिशतले घट्यो ।

CG Motors

सर्वाधिक कारोबार हुने कम्पनी

आज कृषि विकास बैंक बोण्डको सर्वाधिक कारोबार भयो । यो बोण्डको आज ७० करोड ८७ लाख बढीको सेयर कारोबार भयो । यस्तै आज खानीखोला हाईड्रोको सेयरमूल्य १७ करोड ९८ लाख ,लिबर्टी इनर्जीको १६ करोड ५६ लाख, ङादी ग्रुप पावरको १० करोड ९० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट र र सवोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य ६.९६ प्रतिशत र विकास हाईड्रोपावरको सेयरमूल्य ६.८६ प्रतिशतले बढ्यो ।  

यो दिन सुपर खुदी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १२.८३ प्रतिशतले घट्यो । यस्तै सिटिजन सन्तुलित योजनाको सेयरमूल्य ८.३३ प्रतिशत र अप्पर लोहरे खोलाको सेयरमूल्य ४.७४ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X