काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५६ प्रतिशत र निर्जीवन बीमा समूह २.२४ प्रतिशतले बढेको छ । आज दुई लघुबीमा कम्पनीबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । गार्डियन माइक्रो लाइफको सेयरभाउ १.८२ प्रतिशतले घटेर २११९.३१ रुपैयाँ र क्रेष्ट माइक्रो लाइफको १.०७ प्रतिशतले घटेर १३५१.६६ रुपैयाँ कायम भएको छ । आज सर्वाधिक कमाउने बीमा कम्पनीमा भने शिखर इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ ५.४० प्रतिशतले बढेर ७८८.४१ रुपैयाँ पुगेको छ । त्यस्तै, युनाइटेड अजोडको ५.११ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७१ प्रतिशत, हिमालयन एभरेष्टको २.९२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.९४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ४.७९ प्रतिशत, नेको इन्स्योरेन्सको १.४१ प्रतिशत, एनएलजीको ०.०७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.३४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.६८ प्रतिशत, आरबीसीएलको ०.८१ प्रतिशत, सगरमाथा लुम्बिनीको २.२१ प्रतिशत र सानिमा जिआइसीको २.६० प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै एशियन लाइफको ४.०२ प्रतिशत, सिटिजन लाइफको १.९६ प्रतिशत, हिमालयन लाइफको २.५९ प्रतिशत, आइएमई लाइफको १.२५ प्रतिशत, एलआइसी नेपालको ३.०४ प्रतिशत, नेपाल लाइफको ३.९१ प्रतिशत, नेशनल लाइफको २.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.०१ प्रतिशत, रिलायबल नेपाल लाइफको ४.४० प्रतिशत, सूर्यज्योति लाइफको १.४६ प्रतिशत, सन नेपाल लाइफको ३.६८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.६१ प्रतिशत, हिमालयन रि को ०.२० प्रतिशत र नेपाल रि को सेयरभाउ ०.३१ प्रतिशतले बढेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (189).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                