आईतवार, असार १५,२०८२ 09:22:54
  • आईतवार, असार १५,२०८२ 09:22:54
Global IME Bank Limited

लगातार ५ दिन घट्यो नेप्से, जानकार भन्छन्,‘बजारमा बटम लाग्न सुरु’

Hyundai Nepal
लगातार ५ दिन घट्यो नेप्से, जानकार भन्छन्,‘बजारमा बटम लाग्न सुरु’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४९ प्रतिशत अर्थात १३.०९ अंकले घटेर २ हजार ६३२.९४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ प्रतिशतले घटेर ४६७.३८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार प्रेम ओली भन्छन्,  ‘सेयर बजार मनोविज्ञानबाट निर्देशित हुन्छ । पछिल्लो समय लगातार घटेको बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेकाले हिजोआज बजार घटेको हो । बजार घट्दा कारोबार पनि सँगै घट्नुलाई राम्रो संकेत मानिदैन । त्यस्तै बजार केही समय साइडवेज जान सक्छ ।’

यद्यपी बजार बुल नै भएकाले ट्रेडर हामी बनेपछि बजारले फेरि गति लिन सक्ने उनले बताए ।  

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यष तारा फुल्लेलले हाल बजारमा करिब–करिब बटम लाग्न थालेको बताए । लगानीकर्ताले घटेर बेच्न नचाहेकाले बटम लागेको हुन सक्ने उनले बताए । ‘अहिले ब्याजदर न्यून नै छ र तरलता पनि प्रयाप्त नै  भएकाले बजार घट्नु पर्ने कुनै कारण छैन,’ फुल्लेलले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पातियो । आज व्यापार समूह ०.७९ प्रतिशतले बढ्यो भने होटल समूह अपरिवर्तित रह्यो ।  

आज बैंकिङ समूह ०.११ प्रतिशत, विकास बैंक ०.६९,वित्त ०.९९,हाईड्रो ०.७१,लगानी ०.५३,जीवन बीमा ०.७६,उत्पादन तथा प्रशोधन ०.६८,लघुवित्त ०.९१,म्युचुअल फण्ड ०.३०,निर्जीवन बीमा ०.४० र अन्य ०.४४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एचआईडीसीएलपीको सर्वाधिक अर्थात २९ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार  भयो । यस्तै आज हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख,सिईडिबि हाईड्रोको २० करोड ३४ लाख,एनएलजीको १९ करोड ४२ लाख र अपि पावरको १६ करोड २० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज मानुषी लघुवित्त र थ्रिस्टार होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यो दिन अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ७.५४ प्रतिशत,आत्मनिर्भर लघुवित्तको ५.८० र सानिमा लार्ज क्याप फण्डको मूल्य ५.३७ प्रतिशतले बढ्यो ।  

आज स्वरोजगार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.९१ प्रतिशतले घट्यो । मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ४.७३ प्रतिशतले घटेको आज महिला लघुवित्तको ४.४२ र पिपुल्स हाईड्रोको सेयरमूल्य ४.१३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.