सोमबार, कार्तिक २,२०८३ 04:30:28
  • सोमबार, कार्तिक २,२०८३ 04:30:28
Global IME Bank Limited

नेप्सेको गतिलो बाउन्सब्याक, सबै समूहमा हरियाली

Bizshala
नेप्सेको गतिलो बाउन्सब्याक, सबै समूहमा हरियाली
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात ३९.१३ अंकले बढेर २ हजार ६२१.८६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले बढेर ४४०.६९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर ४ अर्ब २० करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज २३१ वटा स्क्रिप्टको मूल्य बढ्दा १२ वटाकोमा गिरावट आयो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘अघिल्लो दिन राजनीतिक अस्थिरताको हल्लाका बारण लगानीकर्ताले आत्तिएर सेयर बेच्दा घटेको बजार आज भने बढेको छ । प्राविधिक रुपमा पनि आज बजार सपोर्ट लेभलमा रहेका कारण आज बजारले बाउन्सब्याक गरेको छ । ’

आजको बढोत्तरीलाई बजार सम्हालिन खोजेको रुपमा लिन सकिने बताउदै उनले अहिले बजार प्रवेश गर्ने उपयुक्त समय भएको दाबी गरे ।  

नेपाल सेयरधनी संघका उपाध्यक्षका कमलराज अधिकारीले हिजो सुनियोजित रुपमा बजार घटाइएको आरोप लगाए । तर आज भने बजारले प्राकृतिक लय समातेको उनले बताए ।  

उनको विचार अब नयाँ आउने नयाँ गभर्नर बैंकिङ क्षेत्र सुधार गर्ने र पूँजीबजारमैत्री  आउने आँकलनका कारण आज बजारमा सुधार आएको हो ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । अन्य समूह आज सर्वाधिक अर्थात २.२८ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.२० प्रतिशत, विकास बैंक १.२७, फाइनान्स १.८८, होटल १.८१, हाईड्रो १.८१, लगानी १.६७, जीवन बीमा २.१४, उत्पादन तथा प्रशोधन ०.९८, लघुवित्त १.४३, म्युचुअल फण्ड ०.९७,निर्जीवन बीमा १.७९ र व्यापार समूह ०.४९ प्रतिशतले बढ्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४१ करोड ८६ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ३१ करोड ६३ लाख,गार्डियन माइक्रो लाइफको २२ करोड ९८ लाख,नारायणी डेभलपमेन्ट बैंकको ११ करोड ६२ लाख र युनाइटेड मोदी हाईड्रोको १० करोड ६६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज राप्ती हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.७४ प्रतिशतले बढ्यो । बुद्धभूमि नेपाल हाईड्रोको सेयरमूल्य ५.५५,आरबीबी म्यचुअल फण्डको ५.३३,युनाइ्टेड इदी मर्दीको ५.१७ र मनकामना इन्जिनियरिङको सेयरमूल्य ५.०५ प्रतिशतले बढ्यो ।  

उपकार लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.२७ प्रतिशतले घट्यो । यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.११ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १.९१ प्रतिशतले ओरालो लाग्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.