सोमबार, कार्तिक २,२०८३ 04:35:40
  • सोमबार, कार्तिक २,२०८३ 04:35:40
Global IME Bank Limited

दुई दिनको वृद्धिपछि आज घट्यो नेप्से, जानकार भन्छन्, ‘सामान्य नाफा बुक’

Bizshala
दुई दिनको वृद्धिपछि आज घट्यो नेप्से, जानकार भन्छन्, ‘सामान्य नाफा बुक’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४९ प्रतिशत अर्थात १३.२८ अंकले घटेर २ हजार ६६४.८८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४५६.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ९ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,‘ आजको घटाईलाई सामान्य नाफा बुकको रुपमा लिन सकिन्छ । कारोबार पनि अघिल्लो दिनकै हाराहारी भएको छ । सेयर लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाहरु आउदै गरेको राष्ट्र बैंकको मौद्रिक नीतिको प्रतिक्षामा छन् ।’

उनले समग्रमा बजार सकारात्मक नै रहेको र असार मसान्तको प्रभाव अझै दुई तिन सातासम्म नपर्ने बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले समूहगत रुपमा परिवर्तन हुँदै बजार चलिहरको बताए । उनले केही समयपछि बजारमा असार मसान्तको दबाब भने पर्न सक्ने बताए । ‘दीर्घकालका लागि भने अहिले एक्युमुलेशन र लगानीको अवसर रहेको छ,’उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा मात्रै समूहमा हरियाली छायो भने अन्य सबैमा रातो पोतियो । बढ्ने एउटा मात्रै समूहको रुपमा आज हाईड्रोपावर समूह रह्यो । यो समूह आज १.१७ प्रतिशतले बढ्यो । म्युचुअल फण्ड समूह भने आज अपरिवर्तित रह्यो ।  

व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.७५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३८ प्रतिशत, विकास बैंक ०.७०, फाइनान्स १.३५, होटल १.१२, लगानी ०.९५, जीवन बीमा ०.७८, उत्पादन तथा प्रशोधन ०.५८,लघुवित्त ०.२७,निर्जीवन बीमा ०.५० र अन्य समूह १.७३ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६१ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । सानिमा माई हाईड्रोको पनि आज ५९ करोड २७ लाख, बुटवल पावरको ५८ करोड ४८ लाख, युनिभर्सल पावरको ४७ करोड ८५ लाख र चिलिमे हाईड्रोको ४७ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बुटवल पावर, पियोर इनर्जी र सिनर्जी पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

रिभर फल्स पावरको सेयरमूल्य आज ७.९४ प्रतिशत,श्री इन्भेष्टमेन्टको ६.०८ र साहस उर्जाको सेयरमूल्य आज ५.२९ प्रतिशतले बढ्यो ।  

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ५.८९ प्रतिशतले घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.७३ प्रतिशत,उन्नती सहकार्यको ४.४९ र हिमालयन पावर पाटर्नरको सेयरमूल्य ४.२९ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.